होलीमा रंगियो पोखरा (तस्बिरहरु)
पाेखरा | चैत ११, २०८०
पोखरा: फागु पूर्णिमा (होली) पर्व पोखरासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट समेत गरिएको छ ।
फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइड, लेखनाथस्थित बेगनासताल क्षेत्रमा होली विशेष कार्यक्रम समेत आयोजना गरिएको छ ।
लेकसाइड, बेगनासताल लगायतका क्षेत्रमा आयोजना गरिएको होली विशेष कार्यक्रममा स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाए ।
सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् ।
तस्बिर: बिबि रोकामगर








बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

